काठमाडौं : भिभोले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियम लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने भएको छ ।
काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का लगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
आईपीएल र युईएफए युरो कपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको विकासमा योगदान पु¥याउने लक्ष्य राखेको जनाएको छ । कार्यक्रममा बोल्दै भिभो नेपालका सिइओ माइकल लिउले भने, ‘नेपालको सर्वाधिक प्रतीक्षित क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । खेलकुदको माध्यमबाट नेपाली जनतासँग जोडिन पाउनु हाम्रो लागि गौरवको विषय हो ।’
प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश रहने जनाइएको छ ।