२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

रौतहटको २ ठाउँमा कांग्रेस र १ ठाउँमा एकीकृत समाजवादीका उम्मेदवार विजयी

ADV
ओमप्रकाश यादव
२०८१ मंसिर १७ गते १०:३०
रौतहटको २ ठाउँमा कांग्रेस र १ ठाउँमा एकीकृत समाजवादीका उम्मेदवार विजयी

रौतहट : रौतहटको गढीमाई नगरपालिका -८ को अध्यक्षमा नेकपा एकिकृत समाजवादीका बजरंगी प्रसाद यादव निर्वाचित भएका छन् । आज बिहान ४ बजेको समयमा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा यादव २४ मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी कुल ६५५ मत ल्याएर विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादवलाई २४ मतान्तरले पराजित गर्दै यादव विजयी प्राप्त गरेका छन्।

एमालेकी जिउती देवी कुल ६३१ मत प्राप्त गरेकी छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुबोध कुमार यादवले कुल ६१७ मत पाएका छन् ।

निर्वाचनमा मतगणनाको सुरु देखि नै नेकपा एमालेले अग्रता कायम राखेको थियो तर अन्त्यमा नेकपा एकीकृत समाजवादीले जीत हात पारेको छ।

चुनावमा नेकपा एस, नेकपा एमाले र नेपाली कांग्रेसबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सन्देश प्रसाद यादवले जम्मा २५८ मतमै चित बुझाएका छन् ।

जनमत पार्टीले जम्मा ८ मत मात्र प्राप्त गरेको छ । निर्वाचनमा कुल मतदाता संख्या २ हजार ७५१ रहेकोमा २ हजार २३७ जनाले मतदान गरेका थिए ।

जिल्लाको राजपुर नगरपालिका -६ र इशनाथ नगरपालिका -७ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जिल्लाको ३ ठाउँमा भएको उप निर्वाचनमा दुई ठाउँमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ भने १ ठाउँमा नेकपा एकिकृत समाजवादी जीत हात पारेको छ।

ADVADV

सम्बन्धित खबर

Advertise