२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

बेलका-९ मा स्थगित मतगणना सुरु

ADV
बिन्द्र राई
२०८१ मंसिर १७ गते १९:४२
बेलका-९ मा स्थगित मतगणना सुरु

उदयपुर : आइतबार रातिदेखि स्थगित बेलका नगरपालिका-९ को मतगणना सुरु भएको छ । बदर मत बढी देखिएपछि मत गणना मध्यराति स्थगित भएको थियो । आइतबार राति ५ सय मत गन्दा ३ सय २० मत बदर भएपछि विवाद उत्पन्न भएर गणना स्थगित भएको हो। सर्वदलीय बैठकमा बदर मतको पुन:गणना गर्ने निर्णय भएपछि गणना सुरु गर्न दलहरु सहमत भएको जनाइएको छ ।

निर्वाचन अधिकृत मोहन गुप्ताले बदर मतको पुन:गणना गर्ने गरी सहमति जुटेसँगै सोमबार साँझ ५ बजेदेखि मत गणना सुरु  भएको जानकारी दिए ।

बेलका-९ मा १ हजार ८ सय ८५ मत खसेको छ। । खसेको मत प्रतिशत ६०.१० हो । यहाँ कुल मतदाता संख्या ३ हजार १ सय ३६ रहेको थियो ।

बेलका-९ का वडाध्यक्ष पदम खड्काको सवारी दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको हो । खड्का कांग्रेसबाट निर्वाचित भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise