२०८१ चैत ३० गते शनिवार / Apr 12 , 2025 , Saturday
२०८१ चैत ३० गते शनिवार
Ads

सामाजिक सुरक्षा कोषमा वैदेशिक राेजगारमा रहेका कामदारलाई आबद्ध गराउन पहल

draupadi film
मध्यान्ह
२०८१ मंसिर २० गते २०:५३
सामाजिक सुरक्षा कोषमा वैदेशिक राेजगारमा रहेका कामदारलाई आबद्ध गराउन पहल

रियाद : सामाजिक सुरक्षा कोषमा वैदेशिक राेजगारमा रहेका कामदारलाई आबद्ध गराउन काेषले पहल थालेको छ । त्यसका लागि नेपाली राजदूतावास रियादले शुक्रबार विशेष फेसबुक लाइभ कार्यक्रम गर्ने तयारी गरेको छ । 

साउदी अरेबियाको राजधानी रियादमा भइरहेको एशिया प्यासिफिकका सामाजिक सुरक्षाको क्षेत्रीय फाेरममा भाग लिन रियाद पुगेका कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जिज्ञासाहरूकाे जवाफ दिने  दूतावासले जनाएको छ ।

स्थानीय समयअनुसार दिउँसो १ बजेदेखि हुने कार्यक्रम नेपाली राजदूतावास, रियादको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने बताइएकाे छ ।

कार्यक्रममा सामाजिक सुरक्षाको महत्त्व, यसमा आबद्ध हुने प्रक्रिया र प्राप्त हुने सेवा-सुविधाहरूसम्बन्धी विस्तृत जानकारीका साथै नेपाली राजदूतावासद्वारा उपलब्ध गराइने सेवा र  समसामयिक विषयहरूमा पनि चर्चा गरिने पनि दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासले नेपाली समुदायका सबै सदस्यलाई यो कार्यक्रम प्रत्यक्ष रूपमा हेरेर जानकारी लिन र लाभ उठाउन आग्रह गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise