२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

सर्बिया पठाउने भन्दै ठग्ने २ पक्राउ

ADV
२०८१ मंसिर २१ गते ०६:२५
सर्बिया पठाउने भन्दै ठग्ने २ पक्राउ

काठमाडौं : सर्बियामा आकर्षक तलब, सुविधा दिलाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका– १ घर भई हाल काठमाडौं महानगरपालिका– १० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल र रामेछापको लिखुतामाकोसी गाउँपालिका– ३ बिजुलीकोट घर भई काभ्रेको बनेपा नगरपालिका– ९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन पक्राउ परेका प्रहरीले बताएको छ । बम्जनले पीडित १ लाख ४० हजार र रावलले १ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

बम्जनलाई पिंगलास्थानबाट र रावललाई ताहाचलबाट पक्राउ गरेकोे भन्दै प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise