२०८१ पुष १५ गते सोमवार / Dec 30 , 2024 , Monday
२०८१ पुष १५ गते सोमवार
Ads

मुक्तक

ADV
२०८१ मंसिर २२ गते ०६:१५
मुक्तक

–शैलेन्द्र थापा

हामीले साथी यो मुलुकसँग पिरती लगाऔं
पुर्खाकैसरि स्वमनभित्र स्वाभिमान जगाऔं
अति भो अब अत्याचार यहाँ रोक्नु नै पर्छ
उचक्का जाली नौ डाँडापारि चिनेर भगाऔं ।

यो देशको मुहार फेर्ने युवा पुग्दा मरुभूमि
फटाहाको रजाइँ चल्छ यत्रतत्र यहाँ झुमी
को सक्छ र बेथितिको मुहान पूरा नथुनेरै
देखाउन पौरख यहाँ समृद्धिको शिखर चुमी ।

देशमा कसैलाई चोर प्यारो छ, कसैलाई ठग
यी र यस्तै हुन् यहाँ गरिखान नदिने एक लग
ग्राह्य छ पक्षधरता र सात खत माफी अनि
कहाँ बस्छ मानवता र शान्ति, समृद्धिको जग ?

संकेत बुझे भोलिनिम्ति मार्ग सुगम बन्न सक्छ
नहोस् तर बुझेकाले पहिल्याई आफैं खन्न सक्छ
पात्र साथमा प्रवृत्तिले नठग्दा यो समाज आफैं
अघि बढ्छ, स्वागत गर्छ संरक्षकमा गन्न सक्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise