२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

शारदीय काव्यमिलनमा देश जोड्ने कविता

Nada
२०८३ असोज १९ गते १७:३४
Shares
शारदीय काव्यमिलनमा देश जोड्ने कविता

काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा शारदीय काव्यमिलन-२०८३ भव्य रूपमा सम्पन्न भएको छ । शरद ऋतुको आगमनसँगै नेपाली काव्य परम्परालाई निरन्तरता दिन र समकालीन काव्यिक चेतनालाई एउटै मञ्चमा जोड्न आयोजित काव्य गोष्ठीमा देशका विभिन्न भूगोल, विचार र धाराको प्रतिनिधित्व गर्ने प्रतिनिधि कविहरूको बाक्लो उपस्थिति रहेको थियो ।

ncell

समारोहमा अमरदीप सुनुवार, अस्मिता वादी, ईश्वरा शिवा, उमेश अकिञ्चन, ज्योति जङ्गल, डोल्मा लामा, नारायण ढकाल, प्रकाश थाम्सुहाङ, प्रज्वल अधिकारी, फूलमान वल, भूपेन्द्र खड्का, भूमिका थारू, मणि लोहनी, मिमबहादुर परियार, रमन पौडेल, राजन मुकारूङ, रूपक अलङ्कार, रूपेश श्रेष्ठ, विनोदविक्रम केसी, विप्लव ढकाल, विश्व सिग्देल, सविता गौतम दाहाल, सुरज राना, सुरेश गाउँले, सोझो गाउँले र हाङयुग अज्ञातले आफ्ना सशक्त एवं भावपूर्ण कविताहरू वाचन गरेका थिए ।

वाचित सिर्जनाहरूमा सामाजिक यथार्थ, सीमान्तकृत समुदायका आवाज, देशप्रेम, मानवीय संवेदनाका पत्रहरू तथा समसामयिक राजनीतिक-सामाजिक विसंगतिमाथिका तिखा प्रहारहरू मुखरित भएका थिए । विविधतायुक्त शैली र ओजस्वी भावका कविताहरूले डबलीमा उपस्थित ठूलो सङ्ख्याका साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

कार्यक्रममा विशेष मन्तव्य तथा कविता वाचन गर्दै वरिष्ठ कवि श्रवण मुकारूङले नेपाली कविताको ऐतिहासिक निरन्तरता र यसको सामाजिक उत्तरदायित्वमाथि गहन विचार व्यक्त गरे । उनले काव्य सिर्जनाले समाजलाई निरन्तर सचेत र जीवन्त बनाइराख्ने उल्लेख गर्दै कविता वाचनसमेत प्रस्तुत गरे । 

नेपाली भाषा-साहित्यको प्रवर्धन र स्रष्टाहरूबीचको अन्तर्क्रियालाई सघन बनाउने उद्देश्यले आयोजित शारदीय काव्यमिलन अत्यन्त सभ्य र काव्यिक माहोलका बिच सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले वाचन भएका सबै कविता सुनेका थिए । 

ताजा खबर

सम्बन्धित खबर