
काठमाडौं : नीलम कार्की ‘निहारिका’को उपन्यास ‘राजमाता’ले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ पाएको छ ।
कविडाँडा साहित्य समाज, चितवनले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार निहारिकाको ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।
समाजका अध्यक्ष एलबी क्षेत्रीले पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने जानकारी दिए । उनका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।
यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए ।
कार्की २०७५ सालको मदन पुरस्कार विजेता पनि हुन् ।