२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ

hardik ivf
शहबाज खान
२०८१ मंसिर २२ गते २०:४६
मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित लङ्गी गेटमा मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा एक व्यक्तिलाई कृष्णनगर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ७ निवासी २५ वर्षीय शशिरी तामाङलाई भारततर्फ लैजाने प्रयास गर्दै गर्दा पक्राउ गरिएको हो । उनले ०८१/०८२ परिवर्तित नाम ५१(६) कृष्णनगरलाई काठमाडौंबाट विभिन्न प्रलोभनमा पारेर झुक्काई कृष्णनगर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शशिरी तामाङमाथि थप अनुसन्धान भइरहेको र सम्मानित अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको कपिलवस्तु प्रहरी कार्यालयले जानकारी दिएको छ । मानव बेचबिखनको गम्भीर अपराध रोकथाममा सुरक्षाकर्मीहरू अझै प्रतिबद्ध रहेको समेत प्रहरी स्रोतले बताएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise