२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

प्रकाश दर्नालको 'आमा रुन्छिन्' बजारमा

ADV
तिलु शर्मा पौडेल
२०८१ मंसिर २२ गते २०:५६
प्रकाश दर्नालको 'आमा रुन्छिन्' बजारमा

दोहा, कतार : आमाले वास्तविक जीवन होस् या निन्द्रामा देखेका सपना हुन् ती सबै सपना सत्य नै हुन्छन् सन्तानप्रति । सपनामा छोरोले परदेशमा दु:ख पाएको देखेकी आमाले वास्तविक जीवनमा पनि उस्तै घटना भएको कथा वरिपरि घुमेको नयाँ गीत 'आमा रुन्छिन्' बजारमा आएको छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका सर्जक प्रकाश दर्नाल 'शीतल'को लय शब्दमा सजिएको 'आमा रुन्छिन्' बोलको गीतको भिडियो शनिबार एचएसएस ग्रुप इन्टरटेनमेन्ट युट्युब च्यानलबाट बजारमा आएको हो । 

बन्दकीमा राखे झैं परदेशमा जेलभित्र निकै कष्टकर जीवन छोराले बिताई रहेका छन् भने यता घरबाट प्रवासमा रहेको छोरोलाई बारबार सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेपछि परिवार चिन्तामा पर्दै जान्छन् । परिवार छोरोको बाटो हेर्दै तड्पेको, गाउँमा साथी सङ्गीले माया मारेको आरोप लगाउने, देउराली भन्ज्याङले खोज्न थालेको कल्पनामै छोरो कल्पनामै डुबेर जेल जीवन बिताउँछन् । साथीको हत्या अभियोगमा छोरो जेलमा परेको खबर वृद्ध बाबाआमा र श्रीमतीको कानमा पर्दा हुने अवस्थाको भवितव्यको कथालाई निर्देशक विनोद सुन्दासले कलात्मक रूपमा पेस गरेका छन् । 

पूर्ण संयोगले संगीत संयोजन गरेको गीतमा आवाज सत्यराज आचार्यको रहेको छ । देशभक्त खनाल, रश्मि भट्ट, ओम श्रेष्ठ, सानु बिसी र रोजन सुन्दासको अभिनय रहेको भिडियोलाई करन चैसिरले खिचेका हुन भने शिव पौडेलले सम्पादन गरेका हुन् । दर्नालका बाँच्ने आधार, पागल मान्छे, आफै रुनु पर्ने, मसानघाट लगायतका गीतहरू चर्चामा छन् ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise