२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अस्ट्रेलियाले बंगलादेशलाई हरायो, प्याट कमिन्सको ह्याट्रिक विकेट

ADV
मध्यान्ह
२०८१ असार ७ गते ११:३३
अस्ट्रेलियाले बंगलादेशलाई हरायो, प्याट कमिन्सको ह्याट्रिक विकेट

काठमाडौं : आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले बंगलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले पराजित गरेको छ । शुक्रबार सम्पन्न खेल सुपर आठको खेलमा अस्ट्रेलियाले जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर १४० रन बनाएको थियो । जवाफी ब्याटिङमा अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो । अस्ट्रेलियाको जितमा ओपनर डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे। वार्नरले केवल ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरे । 

अर्का ओपनर ट्राभिस हेडले पनि टोलीको खातामा ३१ रन थपे । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । ग्लेन म्याक्सवेलले अविजित १४ रनको योगदान गरे । 

बलिङतर्फ बंगलादेशका लागि रिसाद होसैनलले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४१ रन बनाए । तौहीद हृदोय ४० र लिटनकुमार दास १६ रनमा आउट हुँदा तस्किन अहमद १३ रनमा अविजित रहे ।

अस्ट्रेलियाका प्याट कमिन्सले १८औं ओभरको पाँचौ तथा छैटौं र २०औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरे । एडम जाम्पाले दुई विकेट लिँदा मार्कस स्टोयनिस, ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान एक विकेट लिए ।

यो जितसँगै दुई अंकसहित अस्ट्रेलिया पहिलो र समान अंक जोडेको भारत दोस्रो स्थानमा छ । पहिलो खेलमा पराजित भएको अफगानिस्तान तेस्रो र बंगलादेश चौथो स्थानमा छन् । उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise