२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

भारतीय सवारी साधनका लागि भन्सारमै रोड परमिटको व्यवस्था गर्न माग

hardik ivf
शहबाज खान
२०८१ मंसिर २५ गते २२:०६
भारतीय सवारी साधनका लागि भन्सारमै रोड परमिटको व्यवस्था गर्न माग

कपिलवस्तु : नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनका लागि भन्सारमै सडक अनुमतिपत्र जारी गर्ने व्यवस्था गर्न माग गरेका छन् । 

पूर्वसांसदसमेत रहेका नेता शाहले भारतीय नम्बर प्लेट भएका सवारी साधनलाई भन्सार कार्यालयमै रोड परमिट प्रदान गरी यात्रुहरूलाई सहजता दिनुपर्ने बताए । उनका अनुसार भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने यात्रुहरू ट्राफिक जाँचका क्रममा झेल्नुपर्ने सास्ती कम गर्न यो व्यवस्था आवश्यक छ ।

शाहले भने, ‘भन्सार कार्यालयमै रोड परमिट जारी गरी सोही स्थानबाट कर लिने व्यवस्था गर्नुपर्छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ ।’

हाल भारतीय सवारी साधन र यात्रु बोकेका गाडीलाई ट्राफिक प्रहरीले चेकजाँचका क्रममा समस्या दिने गरेको गुनासो व्यापक छ । नेता शाहको यो प्रस्तावले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सके, यात्रुहरूको कठिनाइ कम हुने अपेक्षा गरिएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise