काठमाडौं : शंकर प्रधान सौर्यको भाषण तथा उद्घोषण कला पुस्तक सार्वजनिक भएको छ । ड्रीम प्वाइन्ट एजुकेसनल एण्ड ट्रेनिङ इन्स्टिच्युटको दशौं वार्षिकोत्सवको समारोहमाबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उक्त पुस्तकको लोकार्पण गरे ।
लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङले पुस्तकले महिला तथा युवालाई आफ्ना विषय, हकअधिकार तथा मुद्दामा केन्द्रित रहेर जोडदार कुरा उठान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाली समाजमा पुस्तौंदेखि प्रचलित बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई चरितार्थ गर्ने उद्देश्यले प्रकाशित पुस्तकले उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङ्ग र व्यक्तिलाई अन्तरआत्मादेखि नै सशक्त बनाउँदै सत्य वाणी बोल्न प्रेरित गर्नेमा आफ्ना धारणा व्यक्त गरे ।
सम्बोधनकै क्रममा उनले नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सबैले जायज माग उठाउनुपर्ने र सम्बन्धित निकाय तथा सरकारलाई समेत झक्झक्याउन सक्नुपर्ने कुरा व्यक्त गरे ।
त्यस्तै पुस्तकको समीक्षा गर्दै जनप्रशासन क्याम्पसका उपप्राध्यापक एवं स्थानीय शासन विज्ञ डा. बुद्धिमान श्रेष्ठले पुस्तकले अन्तरमनको भाव बोकेको र नेपाली समाजमा देखिएका जल्दाबल्दा विषय उठान गर्न सफल भएको धारणा व्यक्त गरे । उनले भने, ‘जो बोल्न डराउँछ, लजाउँछ र अप्ठ्यारो मानेर पन्छिने काम गर्छ, उनको लागि यो पुस्तक रामवाण सावित हुनेछ ।’
यसैक्रममा अधिवक्ता, लेखक तथा सामाजिक अभियन्ता स्वागत नेपालले पुस्तककाे समीक्षा गर्दै साे पुस्तकले व्यक्तिको व्यक्तित्व एवम् नेतृत्व क्षमता विकास गर्नमा मद्दत पुर्याउने बताए । उनका अनुसार आजको समयमा देशका नेताहरूको भाषण सामान्यभन्दा सामान्य व्यक्तिले बुझ्ने प्रकारको नभएको र आफूले मन्तव्य दिने क्रममा दर्शक स्रोताको ध्यान खिचिराख्नको लागि भाषण तथा उद्घोषणकला पुस्तक सहयोगी रहेको बताए ।
पुस्तकले शारीरिक गठन, आत्मबल वृद्धि गर्न, शब्द चयन लगायत अन्य विविध पक्ष समेट्न मद्दत गर्न सफल रहेको जानकारी दिए । कार्यक्रममा विविध क्षेत्रका व्यक्तिलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रमको सभाध्यक्ष पुस्तकका लेखक एवं ड्रीम प्वाइन्ट इन्स्टिच्युटका अध्यक्ष शंकर प्रधानले गरेका थिए । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies