२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दोस्रो राष्ट्रिय काँक्रेविहार हाफ म्याराथनको उपाधि एपीएफका पार्कीलाई

ADV
कुलेन्द्र शाही
२०८१ असार ७ गते १६:४६
दोस्रो राष्ट्रिय काँक्रेविहार हाफ म्याराथनको उपाधि एपीएफका पार्कीलाई

सुर्खेत : राष्ट्रियस्तरको दोस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधि विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । विश्व ओलम्पिक डे का अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटर हाफ म्याराथनको उपाधि पार्कीले जितेका हुन् ।

पार्कीले निर्धारित दुरी एक घण्डा नौ मिनेट १९ सेकण्डमा पार गरी उपाधि चुम्न सफल भए । यस्तै, निर्धारित दुरी एक घण्टा नौ मिनेट २४ सकेण्डमा पार गरी राजन रोकाय प्रतियोगितामा दोेस्रो स्थान हासिल गर्न सफल हुँदा रामजी बस्नेत तेस्रो भए । बस्नेतले निधारित दुरी एक घण्टा नौ मिनेट ४० सेकेण्डमा पार गरे । विजयी खेलाडीहरुलाई क्रमश: एक लाख, ५० हजार र ३० हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो । 

यस्तै, पुरुषतर्फको १० किलोमिटर दौडको उपाधि रत्नबहादुर खत्रीले प्राप्त गरे । खत्रीले निर्धारित दुरी ३२ मिनेट ५८ सेकेण्डमा पार गर्दा ३३ मिनेट ५० सेकेण्डमा पार गर्दै थिरबहादुर बुढा दोस्रो र रनबहादुर परियार तेस्रो भए । परियारले ३४ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । १० किलोमिटर तर्फ प्रथम भएका खत्रीले १० हजार, द्वितीय बुढाले सात हजार प्राप्त गर्दा तृतीय भएका परियारले पाँच हजार पुरस्कार प्राप्त गरेका थिए । 

यस्तै, महिलातर्फको १० किलोमिटर दौडको उपाधि विमला कार्कीले प्राप्त गरिन् । उनले निर्धारित दुरी ४४ मिनेट १६ सेकण्डमा पार गरिन् । प्रतियोगितामा दोस्रो संगिता बुढा र तेस्रो गीता सुवेदी भइन् । बुढाले ४४ मिनेट ५९ सेकेण्ड र सुवेदीले ५१ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार गरिन् । १० किलोमिटरतर्फ प्रथम भएकी कार्कीले १० हजार, द्वितीय बुढाले सात हजार प्राप्त गर्दा तृतीय भएकी सुवेदीले पाँच हजार पुरस्कार प्राप्त गरिन् । 

पुरुषतर्फ भएको पाँच किलोमिटर दौडको उपाधि अनिल शाहीले प्राप्त गर्दा भरत राना दोस्रो र सन्तोष शाही तेस्रो भए । उनीहरुलाई पनि क्रमश: पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मान गरिएको थियो । यस्तै महिलातर्फको पाँच किलोमिटर दौडमा स्वस्तिका शाहीले प्रथम स्थान हासिल गर्दा कृष्णा राना दोस्रो र उर्मिला कँडेल तेस्रो भए । विजयी खेलाडीलाई क्रमश: पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मान गरिएको थियो ।

पुरुषतर्फ भएको तीन किलोमिटर दौडको उपाधि साजन वलीले प्राप्त गरे । वली प्रथम हुँदा नारायण रेग्मी दोस्रो र नैनसिंह बुढा तेस्रो भए । विजयी तीनै खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले बताए ।

यस्तै पत्रकारतर्फको तीन किलोमिटर दौडको उपाधि हृदय रिमालले प्राप्त गरे । रिमाल प्रथम हुँदा रमेशकुमार पाण्डे दोस्रो र सुरजकुमार सिंह तेस्रो भए । प्रतियोगितामा विजयी पत्रकाहरुलाई क्रमश: तीन हजार, दुई हजार र एक हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

कर्णाली खेलकुद विकास परिषद्को सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । संयोजक हमालले खेलकुदसँग सरकार र निजी क्षेत्रलाई जोड्ने ध्येयले म्याराथन आयोजना गरिएको बताए । एथलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको संयोजक हमालले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise