२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

उपप्रधानमन्त्री सिंहद्वारा बन्चरेडाँडाको अनुगमन

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २७ गते १५:४८
उपप्रधानमन्त्री सिंहद्वारा बन्चरेडाँडाको अनुगमन

काठमाडौं-उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन् । उनले बिहिबार स्थलगत अवलोकन गरी बन्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको उल्लेख गर्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छ? जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरूप भइरहेको छ कि छैन भन्नेबारे जानकारी लिनुभएको छ’, उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ,‘स्थानीयले उठाएका विषयहरू के हुन्, कसरी समाधान गर्न सकिन्छ? त्यसबारे समन्वय गरी तदारुकताका साथ काम गर्न उहाँले भन्नुभएको छ ।’ त्यस्तै उपप्रधानमन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे चासो राखेका थिए ।

सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बन्चरेडाँडा ल्यान्डफिल साइट २० वर्षमै भरिनसक्छ । तर, फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्यान्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ । फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भनी बन्चरेडाँडाका बासिन्दाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको संयोजनको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गत रहेकाले सहरी विकास मन्त्रीका रूपमा सिंहले बन्चरेडाँडामा देखिएका समस्या समाधान र स्थानीयले उठाएका मागमा चासो दिइरहेका छन् ।

९ मंसिरमा बसेकोे समितिको बैठकमा स्थानीय सरोकारवालाले उठाएका विषय समाधान गरी फोहोरमैला व्यवस्थापन सहज बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।

ल्यान्डफिल साइट अनुगमनमा उपप्रधानमन्त्री सिंहसहित विज्ञ र बन्चरेडाँडासँग सरोकार राख्ने मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise