२०८१ पुष १५ गते सोमवार / Dec 30 , 2024 , Monday
२०८१ पुष १५ गते सोमवार
Ads

गजल

ADV
२०८१ मंसिर २९ गते ०६:१५
गजल

-सन्तोष श्रेष्ठ

बाटो छ हिँड्न गाह्रो, बाटै छ हिँड्नुपर्ने
गाह्रो छ बाँच्न साह्रै, बाँच्नै छ भिड्नुपर्ने

सक्थेँ म जित्न सारा, जित्थेँ जगत् तथापि
आफैँ हुँ जित्न गाह्रो, आफैँ छु जित्नुपर्ने

छन् लाख कष्ट–पीडा, थिच्ने ममाथि भारी
झन् धेर देख्छु पीडा, मैले छ थिच्नुपर्ने ।

ADVADV

सम्बन्धित खबर

Advertise