२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुसाल

hardik ivf
शहबाज खान
२०८१ मंसिर २९ गते २१:४७
पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुसाल

कपिलवस्तु : नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा डिलाराम भुसाल निर्वाचित भएका छन् । भुसालले ४२ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी पार्वती पाण्डेलाई (३९ मत)ले पराजित गरेका हुन् । 

यस्तै उपाध्यक्षमा खगप्रसाद चपाई शर्मा, सचिवमा सनिउल्लाह धोबी, सहसचिवमा कृष्णप्रसाद पौडेल र पिताम्बर घिमिरे (३८–३८ मतसहित बराबरी)सहसचिव (समावेशी) नारद कोहार चयन भएका छन् । यस्तै कोषाध्यक्षमा मोहन बेल्वासे र खुला सदस्यहरूमा अशोक पौडेल, बाबुराम रायमाझी, वासुदेव शर्मा, माधव बेल्वासे महिला सदस्यमा भगवती न्यौपाने चयन भएकी छन् । 

सदस्य (मधेशी)मा अनिलकुमार माली, सदस्य (अन्य समावेशी)मा शिवकुमार ढाडी, महिला उपाध्यक्षमा दीपा महत, सदस्य (दलित)मा राम प्रकट कोरी, सदस्य (आदिवासी जनजाती)मा सोमकुमारी चौधरी (निर्विरोध) चयन भएकी छन् । 

नवनिर्वाचित अध्यक्ष भुसालले श्रमजीवी पत्रकारहरूको समस्या समाधान र सञ्चार क्षेत्रमा देखिएका चुनौतीको समाधान गर्न ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन संयोजक सरोज खनालका अनुसार यसपटक कुल ८८ मतदातामध्ये ८१ जनाले मतदान गरेका थिए । 

ADVenergy

सम्बन्धित खबर

Advertise