काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मघर पुगेर तामझामका साथ जन्मदिन मनाएकोमा नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले व्यंग्यात्मक असन्तुष्टि जनाएका छन् ।
मंगलबारको संसद बैठकमा बोल्दै सांसद रिजालले जन्मदिन मनाउँदा सत्ता उन्मान देखिएको बताए । उनले पुराना राजाको जन्म दिनको तस्बिर देखेको र शैली सामान्य नै रहेको भन्दै ओलीको जन्मदिनमा देखिएको सत्ता उन्मादले आम नागरिक दिक्दार भएको बताए ।
'जन्मदिनको कार्यक्रममा प्रधानमन्त्रीको पुर्ख्यौली घर देखियो । प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्ष पहिलेको भन्ने सुनियो । घरको संरचना त निर्जिव होला। तर यसले सजिव इतिहास बोकेको छ। आफ्नो आस्थाका लागि जुनसुकै संघर्ष, बलिदान र कुर्बानी गर्न तयार आफ्नै आँगनको केटोले एउटा कीर्तिमान राजनीतिक यात्रा तय गर्यो भनेर स्वागतको अभिलाषा थियो होला त्यो घरलाई पनि,' रिजालले भने, 'तर जुन तामझामका साथ चारपाँच हेलिकप्टर लिएर देशका, प्रदेशका र अन्य राज्य संरचनाका, पार्टीका विशिष्ट व्यक्तिहरुलाई बोकेर जानुभयो । घरलाई लाग्यो होला- आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजा सवारी भएछ भने र।' यती होल्डिङले केक पुर्याउँदा घरले अपमानित महसुस गरेकाे पनि उनले उल्लेख गरे।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies