२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

प्रादेशिक रणनीतिक रास्कोट अस्पताल तथा स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन

Nada
कमल कुमाल
२०८१ पुष ५ गते २०:०६
Shares
प्रादेशिक रणनीतिक रास्कोट अस्पताल तथा स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन

कालिकोट : प्रादेशिक रणनीतिक रास्कोट अस्पताल तथा स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन गरिएको छ । शुक्रबार एक समारोहकाबीच कर्णाली प्रदेश सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले उद्घाटन गरेका हुन् । 

ncell

कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये दुर्गम कालिकोट त्यहीँमाथि रास्कोट नगरपालिका अन्तर्गत लालुदेखि माथि लैफुसम्मका नागरिकहरुका लागि केन्द्रमा राखेर रास्कोट अस्पताललाई पहिलो प्राथमिकतामा राखेको र काम पनि त्यहीँ आधारले गर्ने मन्त्री भण्डारीले बताए । 

नगर प्रमुख धर्मराज शाही(पोषण)ले स्वस्थ्य,शिक्षालाई पहिलो प्रथमिकतामा राखेर काम गरिरहेका बताए । उनले भने, ‘पहिलो प्राथमिकता भनेको  स्वास्थ्य हो, स्वास्थ्य क्षेत्रको विकासनै समग्र नगरपालिकाको विकास हुनु हो ।’ उपचारकै लागि सदरमुकाम हुँदै नेपालगंज जानुपर्ने रास्कोटी बासीले बाध्यता थियो भने यसलाई अन्य गर्नका लागि रास्कोट सरकार निरन्तर लागि परेको  बताए । 

स्वस्थ्य नै मानिसको ठूलो धन हो, त्यसैले रास्कोट नगरपालिका तथा छिमेकी पालिकाका नागरिकहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्त हुने विश्वास लिएको नगर उपप्रमुख मनिराज बरालले बताए । 

जिल्लाका नौं वटा स्थानीय तहमध्ये सबैभन्दा पहिले रास्कोट नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको जिल्लाकै पहिलो प्राथमिकतामा राखेर काम गर्ने स्वस्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख भिष्म पोख्रेल  बताए । 

ताजा खबर

सम्बन्धित खबर