कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ निवासी चर्चित मेकअप आर्टिस्ट शमा खातून भारतको सिद्धार्थनगर नौगढ़मा आयोजित एक सेमिनारमा सम्मानित भएकी छन् ।
एकदिने मेकअप सेमिनारमा नेपाल र भारतका करिब १५० महिला सहभागी भएका थिए । कार्यक्रमको विशेष अतिथिको रूपमा आमन्त्रित खातूनले आफ्नो अनुभव र प्रतिभा प्रस्तुत गरेकी थिइन् । खातून हाल कृष्णनगर नगरपालिका वडा नम्बर २ मा आफ्नो ब्यूटीपार्लर सञ्चालन गर्दै आइरहेकी छन् । व्यावसायिक सफलतासँगै उनले सामाजिक क्षेत्रमा पनि आफ्नो पहिचान बनाएकी छन् ।
उनी सम्मानित हुँदा उनका आफन्त, साथीभाई तथा शुभचिन्तकहरूले उनलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका छन् । खुशी शेख, प्रीति रञ्जना, मिताली वर्मा, अफरोज अहमद, गरिमा, राहुल मोदनवाल, रानी मोदनवाल, सलमान मिर्जा, सकील अहमद, रेनू गुप्ता लगायतले उनलाई बधाई दिएका थिए । शमा खातूनको यो उपलब्धिले नेपालमा महिला उद्यमशीलताको क्षेत्रमा नयाँ प्रेरणा थपेको छ ।