२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

देउराली बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष ६ गते २१:११
देउराली बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

अर्घाखाँची : देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सन्धिखर्क स्थित देउराली यातायात व्यवसायी प्रालिको कार्यालयमा संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण कोइरालाले देशमा स्थापना भएका विभिन्न सहकारीहरूलाई व्यवस्थित बनाएर लैजानेगरी सरकार अगाडि बढेको बताए ।

कोइरालाले पछिल्लो समय विभिन्न मिडिया, सामाजिक सञ्जालहरूमा सहकारी सम्बन्धी नकारात्मक समाचार आउने गरेकाले मानिसहरूमा वितृष्णा जागेको हुँदा सहकारीलाई व्यवस्थित तवरले सन्चालन गर्न सुझाव दिएका छन् ।

यस्तै कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष तिलिङ्गो रायमाझी, सन्धिखर्क वडा नम्वर १ का कार्यबाहक वडाध्यक्ष सुन्तली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष गोबिन्दप्रसाद बञ्जाडेले वार्षिक सभा प्रतिवेदन पेश गरेका हुन् । आर्थिक वर्ष ०७९/०८० मा ३५ जना शेयर सदस्यले सञ्चालन गरेको सहकारीमा हाल ३५३ जना शेयर सदस्य रहेको अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले सन्चालन गरेको विविधीकरण गर्दै लैजादा सदस्यहरूको सकृय सहभागिता पनि वृद्धि भएकाले बचत संकलनमा पनि सकारात्मक प्रभाव परेको  बताए । 

साधारण सभामा संस्थाका सचिव प्रेमप्रकाश पाण्डेले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । साथै, संगठनात्मक स्वरूप, कार्यालय व्यवस्थापन, बैठक सञ्चालन, शेयर पुँजी, सदस्य शेयर विवरण, ऋणको अवस्था लगायतका विषयमा प्रगती विवरण प्रस्तुत गरेका थिए । संस्थामा ३५३ जम्मा शेयर सदस्य रहेकोमा २ सय ४७ जना पुरुष र १ सय ६ जना महिला आबद्ध रहेका छन् । 

यस्तै संस्थाकी कोषाध्यक्ष सुजता भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनको प्रतिवेदनअनुसार संस्थाले कृषि, व्यापारिक, वैदेशिक रोजगार, घरजग्गा खरिद, शैक्षिक जस्ता क्षेत्रमा १ करोड ८४ लाख ५० हजार ऋण लगानी गरेको छ । संस्थाले दैनिक, मासिक, बाल र ऐच्छिक गरी ४ किसिमका बचत सञ्चालन गरेको छ । साधारण सभाको उद्घाटन शत्रको संस्थाका अध्यक्ष गोबिन्दप्रसाद बन्जाडेको अध्यक्षता, सदस्य मिना भट्टराईको स्वागत मन्तव्य र सचिव प्रेमप्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise