२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अर्घाखाँची बचत ऋण सहकारीको १९औं साधारण सभा सम्पन्न

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष ६ गते २१:१२
Shares
अर्घाखाँची बचत ऋण सहकारीको १९औं साधारण सभा सम्पन्न

सन्धिखर्क : अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दोर्ण प्रसाद भुसालको अध्यक्षता र उद्घाटनमा सन्धिखर्कमा संस्थाको साधारण सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष भुसालले अध्यक्षको प्रतिवेदन  र लेखा सुपरिवेक्षण समितिको तर्फबाट टामलाल पाण्डेयले आर्थिक प्रतिवेदन  प्रस्तुत गर्नु भएको गरेका छन् । ऋण उप समितिका संयोजक नेत्र भुसालले वर्तमानको  कर्जा प्रवाहको स्थिति बारे प्रकाश पारेका थिए । सभाले सबै प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित  गरेको छ ।

ncell

सभामा सन्धिखर्क नगरपालिका २ नम्बर वडा निवासी शेयर सदस्य जेष्ठ नागरिक जुना मियाँ, पुष्पा भुसाल र टोपलाल खनाललाई सम्मानपत्र सहित नगद प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, २०८० मा एसईईतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने शेयर धनीका सन्ततिहरूलाई संस्थाले यस वर्ष पनि साधारणसभाको क्रममा पुरस्कृत गरेको छ ।

यसैगरी सभामा सञ्चार क्षेत्रबाट सहकारीलाई महत्वपूर्ण भूमिका प्रदान गर्ने सञ्चारकर्मीलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला बचत संघका सचिव धर्म भुसाल,  जिल्ला  सहकारी संघका उपाध्यक्ष लक्ष्मण कडेल, संस्थापक अध्यक्ष तथा सल्लाहकार बालकृष्ण आचार्य, सहभागीबाट शेयर सदस्य राधा पराजुली, मिना बस्याल, नन्दुराम भट्टराई, सिद्धीप्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए । अर्घाखाँचीमा पुरानो सहकारीको रूपमा चिनिएको यस संस्थाले अहिले शेयर सदस्यहरूबाट मासिक बचत जम्मा गरी सदस्यहरूलाई सस्तो ब्या(जमा ऋण प्रवाह गर्दै आएको जनाएको छ ।

त्यस्तै, शेयर सदस्यका सन्ततिहरूलाई पुरस्कृत, जेष्ठ नागरिकलाई सम्मान, कर्मचारीको वृत्तिविकासका लागि तालिम सञ्चालन, दिवङ्गत शेयर सदस्यका परिवारलाई राहत वितरण, लुम्बिनी विशिष्टीकृत सहकारी सदस्यता ग्रहण लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । शेयर सदस्य भएको संस्थाको साधारण सभाको सञ्चालन सचिव बिष्णु बस्यालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम शर्माले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर