२०८१ फागुन २७ गते मङ्गलवार / Mar 11 , 2025 , Tuesday
२०८१ फागुन २७ गते मङ्गलवार
Ads

'सौन्दर्य व्यवसाय नयाँ पुस्ताका लागि अवसर'

hardik ivf
२०८१ पुष ७ गते ०६:२५
'सौन्दर्य व्यवसाय नयाँ पुस्ताका लागि अवसर'

पछिल्लो समय सौन्दर्यकला व्यवसायमा लाग्नेहरूको संख्या बढ्दो छ । सानो लगानीमा सुरु गर्न सकिने सो व्यवसायमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको तथ्यांकले देखाएका छन् । साथै, सो व्यवसाय स्वरोजगार बन्ने व्यवसाय भएको हुनाले सहर देखि गाँउघरसम्म सौन्दर्य व्यवसाय फस्टाएको छ । २ वर्ष यता विद्यालयका पाठ्यक्रममा समेत सौन्दर्यशास्त्रको पढाइ हुन थालेको छ । प्रस्तुत छ, सौन्दर्य व्यवसायमा ४५ वर्ष देखि निरन्तर काम गर्दै आएकी सौन्दर्यकला व्यवसाय संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।

सौन्दर्य व्यवसाय अवस्था कस्तो छ ? 

नेपालमा सौन्दर्य व्यवसाय व्यवसायिकरूपमा सुुरु भएको धेरै भएको छैन । तर, ५० वर्ष अघिसम्म सहरी क्षेत्रमा मात्र यो व्यवसाय सीमित थियो । तर, ५० वर्षपछि फर्केर हेर्दा सो व्यवसायी क्षेत्रको अवस्थामा आकाश जमिनको फरक देखिएको छ । सौन्दर्य व्यवसाय सहर बजारमा मात्र सिमित नभइ गाँउसम्म पुगेको छ । यसले रोजगारी सृजना गरेको छ भने ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान गराउन सहयोग गरेको छ । सौन्दर्य व्यवसायलाई विश्वभर आएको कोभिड महामारीले नराम्रोसँग असर ग¥यो । नेपालमा समेत कोडिभ आउनु अघि सौन्दर्य व्यवसाय राम्ररी फस्टाएको थियो तर, कोभिडको समयमा सौन्दर्य व्यवसाय थला नै प¥यो । या क्षेत्र अस्तव्यस्त भएर बेरोजगारीकै समस्या समेत सृजना भएको थियो । कोभिड सकिएको धेरै पछिसम्म समेत सौन्दर्य क्षेत्रका व्यवसायी पलायनकै अवस्थामा पुगेका थिए । तर, पछिल्लो एक वर्ष यता पुरानै लय सौन्दर्य व्यवसाय क्षेत्रले लिन थालेको छ । 

सौन्दर्यकला क्षेत्रमा व्यावसायिक रूपमा आकर्षण कस्तो छ ? 

एकदमै आकर्षण बढेको छ । अहिले सौन्दर्यकला राम्रा भएको व्यक्तिहरूलाई कामको खाँचो छैन । विवाह, पार्टीदेखि व्यक्तिगत कार्यक्रममा समेत सौन्दर्यका लागि पार्लर, सौलुन जानेको संख्या बढ्दो छ । सानो लगानीमा सुुरु गर्न सक्ने र परिवारको व्यवसाय बनाउन सक्ने व्यवसाय सौन्दर्य क्षेत्र बन्दै गएको छ । फेसन डिजाईनसँगै सौन्दर्यकलामा पनि उस्तै आकषर्ण बढेको छ । पछिल्लो २ वर्ष यता पाठ्यक्रममा नै सौन्दर्यशास्त्र पढाइ भइरहेको छ । कक्षा ९ देखि ऐच्छिक विषयको रूपमा सौदर्यशास्त्र नै पढाउन थालिएको छ । त्यसका लागि व्यक्तिगत रूपमा मैले समेत धेरै नै मेहनत गरेको छु । शिक्षा मन्त्रालय, शिक्षा विभाग, सिटिभिटीसँग पाठ्यक्रम बनाउन धेरै नै लडाईं गर्नु परेको थियो । अहिले सौन्दर्यशास्त्रमा  विद्यार्थीले पहिलो पटक एसईई समेत दिएका छन् । अब सौन्दर्यशास्त्र पढेका विद्यार्थीको प्रवेशले अबका दिनमा सौन्दर्य क्षेत्रले ठुलो फड्को मार्ने देखिन्छ । शिक्षा र सिपसँगै लैजाने अभियानको रूपमा सौन्दर्यशास्त्र अगाडि बढेको छ । छोटो समयमा आर्थिक प्रगती र आफ्नो खुट्टामा उभिनसक्ने आत्मविश्वास हुने हुँदा सौन्दर्य व्यवसाय राम्रो बन्दै गएको छ । 

यो व्यवसायमा आगामी दिनमा अवसर र चुनौती कस्तो देख्नुहुन्छ ? 

म स्वयं सौन्दर्य क्षेत्रमा लागेको ४५ वर्ष भन्दा धेरै समय भयो । हरेक वर्ष सौन्दर्य व्यवसायको विस्तार भएको छ । चुनौती कम अवसर अभैm बढ्ने देखिन्छ । थोरै लगानीमा आफ्नो क्षमताअनुसार चलाउन सक्ने व्यवसाय भएकोले रिर्टायस कहिल्यै हुनु पर्दैन । आफूले जानेको सिपलाई निरन्तर विस्तार गर्न सकिन्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरूले समेत सौन्दर्यकला सिकेर जाँदा उता पनि राम्रो अवसर पाएका छन् । सौन्दर्य व्यवसाय कला क्षेत्र भएकोले आगामी दिनमा नयाँ प्रविधि, डिजाइन आउन सक्छन् । त्यसमा आफू अपडेट हुनुपर्ने नै एक मात्र चुनौती हो जस्तो लाग्छ । अहिले साईट व्यवसायको रुपमा सौन्दर्य व्यवसाय फस्टाउँदै गएको छ । यो व्यवसाय सिजनेबल हुँदै दैनिक रूपमै बढ्दो छ । अवसर बढी भएको नयाँ पुस्तामा क्रेज धेरै देखिन्छ । सौन्दर्य व्यवसायमा मास्टर पढेका व्यक्तिले समेत सौन्दर्यकला सिकिरहेका छन् । अन्य विषय पढेर जब नपाउने अवस्था छ र सौन्दर्यकलामा तालिम मात्र लिएर आम्दानी गर्न सकिन्छ । 

सरकारले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने भनिरहेको छ । सौन्दर्य व्यवसायलाई स्टार्टअपको लागि सहयोगको आवश्यकता कति छ ? 

धेरै नै सहयोगको आवश्यकता छ । स्टार्टअप भन्दा युवा पुस्ताको लागि अवसरको क्षेत्र हो । स्टार्टअप भनेको इलोभेसन गर्ने क्षेत्र हो । सौन्दर्य व्यवसायमा समेत यसको आवश्यकता छ । सौन्दर्य एउटा कला हो । नयाँ पुस्तालाई स्टार्टअप व्यवसायमा ल्याउने हो भने सौन्दर्य क्षेत्रलाई ध्यान दिने हो भने यो यो क्षेत्र अझै फस्टाउन सक्छ । 

यो क्षेत्रलाई सरकारले कसरी हेरिरहेको छ जस्तो लाग्छ ? 

सरकारले यो क्षेत्रलाई चिन्नै सकेको छैन । सौन्दर्य क्षेत्रलाई पाठ्यक्रममा राख्नको लागि १० वर्ष भन्दा धेरै समय विभिन्न निकाय धाउनु पर्ने अवस्था आयो । ब्युटिसियन भन्ने विषय प्रति नै नीति बनाउनेहरू जानकार नहुँदा यो क्षेत्र पछि पर्दै आएको छ । हाम्रोमा पढ्ने भनेको डाक्टर, इन्जिनियर, पाइटल, म्यानेजमेन्ट भन्ने गरिन्छ । तर, सौन्दर्यशास्त्रको हाम्रो जस्तो देशको लागि आवश्यक शिक्षा हो । बेरोजगारलाई रोजगार दिने पढाई सौन्दर्यशास्त्र बन्न सक्छ । अब सौन्दर्यशास्त्र पढेका नयाँ पुस्ता बजारमा आउनेछन् । विस्तारै यो विषयल(ाई विश्वविद्यालयमा लगेर पिएचडीसम्म पढाउने हो भने अन्य देशबाट समेत नेपालमा पढ्न आउन सक्ने वातावरण बन्न सक्छ । अहिले धेरै स्थानीय तहले सौन्दर्य क्षेत्रका तालिम दिने कार्यक्रम गर्ने गरेका छन् । काठमाडौं महानगरपालिकाले शुुक्रबार बुक फ्री डेमा सौन्दर्यशास्त्रलाई प्रयोगात्मक विषय बनाएको छ । सबैको साथ सो क्षेत्रमा हुने हो भने आगमी दिनमा धेरै ठूलो फड्को मार्न सक्छ । 

ADV

सम्बन्धित खबर

Advertise