२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

ADV
मध्यान्ह
२०८१ पुष ७ गते १३:१५
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

काठमाडौँ : फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुई तिहाइ जनता उनलाई प्रधानमन्त्री बनाइएको प्रति असन्तुष्ट छन् ।  

फ्रान्सेली साप्ताहिक पत्रिका डु डिमान्चेका लागि आइफपले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले उहाँको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् ।

आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका छन् । इफपका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम अनुमोदन दर ९समर्थन० देखिएको छैन । 

इफपका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा फ्रान्सेली दुई हजार चार जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।

राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैठौँ र सन् २०२४ को चौथो प्रधानमन्त्री बेयरोउ हुन्। प्रत्येकले अघिल्लो भन्दा छोटो अवधिको लागि सेवा गरेका छन् ।

बेयरूका पूर्ववर्ती मिचेल बार्नियर फ्रान्सका सबैभन्दा पछिल्लो प्रधानमन्त्री थिए ।  गत डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रीमण्डलको निर्णय बुझाएका थिए । 

उनले शुक्रबार फ्रान्स २ टेलिभिजनसँग कुरा गर्दै आफ्नो नयाँ टिम सप्ताहन्तमा वा ‘क्रिसमसअघि’ कुनै पनि हालतमा तय हुने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise