२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

भारतले जित्यो एसिया कपको उपाधि

ADV
मध्यान्ह
२०८१ पुष ७ गते १७:२५
भारतले जित्यो एसिया कपको उपाधि

काठमाडौं : भारतले यू–१९ महिला एसिया कपको उपाधि जितेको छ । 

आइतवार भएको फाइनलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो । 

मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो । 

भारतका लागि ओपनर गंगोदी तृष्णाले अर्थशतकीय पाली खेलिन् । उनले ४७ बलको सामना गर्दै ५२ रन बनाइन् । यस्तै मिथिला विनोदले १७ बनाइन् । बंगलादेशकी फर्जमा एस्मिनले चार विकेट लिइन् । 

११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो । बंगलादेशका लागि जयुरिया  फेरडोसले २२ तथा फायोमिदा चोयाले १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

भारतकी आयुषी शुक्लाले ३ तथा परुनिका शुक्ला र शोनम यादवले समान २–२ विकेट लिए ।

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपाल भने तेस्रो भएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise