२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

काउन्सिलर श्रम र श्रम सहचारीका लागि दरखास्त आह्वान

ADV
२०८१ असार ९ गते ०६:४५
काउन्सिलर श्रम र श्रम सहचारीका लागि दरखास्त आह्वान

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी मुलुकका चार देशमा नयाँ काउन्सिलर श्रम र श्रम सहचारी नियुक्ति प्रक्रिया शुरु गरेको छ । मन्त्रालयले  साउदी अरेबिया र यूएईका लागि काउन्सिलर श्रम र कतार तथा बहराइनका लागि श्रम सहचारी नियुक्तिको दरखास्त आह्वान गरेको हो ।

काउन्सिलर श्रमका लागि उपसचिव र श्रम सहचारीका लागि शाखा अधिकृतले आवेदन दिन पाउने व्यवस्था छ । मन्त्रालयको सूचनाअनुसार इच्छुक कर्मचारीले असार २२ गतेसम्म आवेदन दिन पाउनेछन् । यूएईमा दीनबन्धु सुवेदी र साउदी अरेबियामा देवेन्द्र कार्की काउन्सिलर श्रम, बहराइनमा जमुना काफ्ले र कतारमा कृष्ण पौडेल श्रम सहचारीको जिम्मेवारीमा रहेका छन् ।

अंग्रेजी भाषामा आईएलटीएस टेष्टमा ओभरअल ६ प्वाइन्ट, टोफेल, पीबीटी, सीबीटीमध्ये कुनै परीक्षामा कम्तीमा ५५०२१३.७९ हासिल गरेको वा पीटीई परीक्षामा कम्तीमा ५१ अंक प्राप्त गरेको हुनुपर्ने प्रावधान छ ।

काउन्सिलर र श्रम सहचारीमा आवेदन दिन मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहत कार्यालय, राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड तथा सामाजिक सुरक्षा कोषमा कम्तीमा एक वर्ष काम गरेकोे हुनुपर्ने छ । मन्त्रालय मातहत काजमा आएका कर्मचारीले आवेदन दिन पाउनेछन् भने मन्त्रालयलमा दरबन्दी भइ एक वर्षअघि काजमा गएका कर्मचारीले भने आवेदन दिन नपाउने व्यवस्था छ । आवेदन दिने कर्मचारीले काम गर्न जान चाहेको मुलुक पनि आवेदनमा खुलाउनुपर्नेछ ।

छनोट हुन ज्येष्ठता र अनुभवका लागि १५ अंक, अंग्रेजी भाषा ज्ञानका लागि १० अंक, व्यावसायिक कार्य योजना र प्रस्तुतीकरणका लागि १० अंक तथा सचिवको मूल्यांकनबापत ५ अंक गरी ४० पूर्णांकको परीक्षामा बढी अंक प्राप्त गर्नुपर्नेछ । नतिजा धेरै हदसम्म सचिवको ५ अंकमा निर्भर हुने यसअघि उक्त पदमा छनोट हुन नसकेका आकांक्षीहरुले टिप्पणी गर्ने गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise