२०८१ पुष ९ गते मङ्गलवार / Dec 24 , 2024 , Tuesday
२०८१ पुष ९ गते मङ्गलवार

बेरुजु फर्छ्यौट गरी आर्थिक अनुशासन कायम गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष ८ गते २०:५६
बेरुजु फर्छ्यौट गरी आर्थिक अनुशासन कायम गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु हुनै नदिनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको लेखापरीक्षण, बेरुजु फर्छ्यौट र सम्परीक्षण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बेरुजु फर्छ्यौटलाई  पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । 

‘सुरुका दिनमा बेरुजु थिएन । बीचमा बेरुजु बढेर गयो । त्यसलाई घटाउन जरुरी छ’ उनले  भने ‘सुशासन र जवाफदेहीता कायम गर्न बेरुजुलाई शुन्यमा झार्ने सरकारले रणनीति बनाएको छ ।’ 

बेरुजु घटाउन कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा बेरुजु फर्छ्यौटलाई अनिवार्य समेटनुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनको एउटा आधार बेरुजु फछ्र्यौलाई बनाउनुपर्ने मुख्यमन्त्रीले तर्क गर्दै भने ‘कर्मचारी तहबाट यसलाई चासोको रुपमा लिएर गम्भीरता पूर्वक लाग्न जरुरी छ ।’

प्रदेश सरकारले बेरुजुलाई घटाउने विषय रणनीतिक योजनाहरुमा समेटेर अघि बढाएको, कर्मचारी तहमा जारी गरेको १४ बुँदे निर्देशनले समेत सम्बोधन गरेकाले आगामी दिनमा सुधार हुने उनले विश्वास व्यक्त गरे । प्रदेश तहमा जनशक्तिको अभावलाई समाधान गर्नेगरी लोकसेवा आयोगले कर्मचारी छनोट, बढुवाको कामलाई अघि बढाएकाले कार्यसम्पादन सहज रुपमा हुनेमा उनले जोड दिए ।

संघीय सरकारले समानीकरणको अनुदान रकम प्रदेशमा नपठाउँदा दुई अर्ब बढीको भुक्तानीको भार प्रदेशमा थपिएको मुख्यमन्त्री आचार्यले गुनासो गरे । ‘यसरी संघीय सरकारले समानीकरण अनुदान रकम नपठाउने, प्रदेशमा भार थपिने अवस्था छ । यसलाई कसरी हुन्छ सम्वोधन जरुरी छ’उनले  भने बहुवर्षीय योजनाहरु  सम्पन्न भएपनि संघीयको भुक्तानीमा बढी समस्या छ ।’ महालेखा परीक्षक तोयम रायाले सुशासन कायम गर्ने भूमिकालाई प्रभावकारी बनाउन बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राख्नुपर्ने उनले दाबी गरे ।

‘बेरुजु नआउने गरी यहाँहरुले काम गर्न जरुरी छ । यसका लागि बनाएका नीति नियमको अधिनमा रहेर कार्यम्पादन गर्न जरुरी छ’ आचार्यले भने, ‘आर्थिक अनुशासन कायम नहुँदासम्म सुशासन कायम हुन सक्दैन । यसलाई ख्याल गर्न जरुरी छ ।’ प्रदेश तथा स्थानीय तहका कार्यालयहरुमा लेखापरीक्षणको काम अघि बढेको, प्रारम्भिक प्रतिवेदनको जवाफ दिँदा धेरै समस्या आफै समाधान भएर जाने भएकाले त्यसमा ध्यान दिन उनले कर्मचारीलाई आग्रह गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise