२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

नेपाल भलिबल लिगको लोगो र स्लोगन सार्वजनिक

ADV
मध्यान्ह
२०८१ पुष ९ गते १९:१९
नेपाल भलिबल लिगको लोगो र स्लोगन सार्वजनिक

काठमाडौं : पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल)को लोगो सार्वजनिक गरिएको छ । मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयाजना गरेको एक कार्यक्रमका बीच  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘खेलकुदको माहोल हुँदा हुँदै पनि सरकार, मन्त्रालय, परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । म आग्रह गर्छु संघका साथीहरु निर्णयविरुद्ध काम गर्नुभयो भने त्यो संघलाई कडा कारबाही हुन्छ ।’

‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

यस्तै हरेक टोलीमा १२ खेलाडी हुने त्यसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुनेछन् । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच ७ वर्षका लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ । नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।

लोगो सार्वजनिक कार्यक्रममा श्रीलंकामा भएको काभा यु–२० पुरुष भलिबलको रजत विजेता नेपाली यु–२० राष्ट्रिय टोलीलाई नगदसहित सम्मान गरिएको छ ।

केडिया ग्रुपले यु–२० टोलीलाई नगदसहित सम्मान गरेको हो । टोलीमा रहेका खेलाडी र अफिसियललाई जनही १५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा खेलाडीलाई सम्मान गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise