२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

‘जनयुद्ध शब्दमाथिको प्रतिबन्ध लोकतन्त्रको हत्या’

draupadi film
शहबाज खान
२०८१ पुष ९ गते २१:०८
‘जनयुद्ध शब्दमाथिको प्रतिबन्ध लोकतन्त्रको हत्या’

कपिलवस्तु : लुम्बिनी प्रदेश सभा सदस्य मौलाना मसूद खाँ नेपालीले न्यायपालिकाको ‘जनयुद्ध’ शब्दमाथिको प्रतिबन्धप्रति कडा आपत्ति जनाएका छन् । उनले यसलाई लोकतन्त्रको हत्या र जनताको अधिकारमाथिको अपमान भनेका छन् । 

कृष्णनगरमा आयोजित माओवादी केन्द्रको महिला विंग, अखिल नेपाल महिला संघ क्रान्तिकारी समितिको पहिलो सम्मेलनमा सदस्य मौलाना नेपालीले भने, ‘न्यायपालिकाले सरकारको दबाबमा आएर ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाउनु केवल इतिहासको अपमान होइन, जनताको अधिकारको दमन हो । यो युद्धले देशलाई लोकतन्त्र दिलाएको हो, जुन आजको व्यवस्थाको आधार हो । न्यायपालिकाले आफ्नो भूमिकाको गम्भीरतामा ध्यान दिनुपर्छ, अन्यथा इतिहासले यसलाई माफ गर्नेछैन ।’

मौलाना नेपालीले उप–चुनावमा माओवादीले हासिल गरेको जनसमर्थनलाई क्रान्तिकारी संघर्षको सत्यता र जनताको विश्वासको प्रमाणका रूपमा व्याख्या गरे ।

क्रान्तिकारी समिति गठन

सम्मेलनको अध्यक्षता माओवादी केन्द्रका केन्द्रीय सदस्य शान्ति देवी हरिजनले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि विष्णु बेलबासे, राजेन्द्र आचार्य, जावेद आलम खाँ, र अन्य नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा शबनम खातुनको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ । कृष्णनगर नगरपालिकाकी पूर्वउपमेयर शबनम खातुनले नयाँ भूमिकामा महिलाहरूको राजनीतिक र सामाजिक सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

केन्द्रीय सदस्य शान्ति देवी हरिजनले महिलाको नेतृत्वलाई समाजको परिवर्तनको आधारको रूपमा हेर्नुपर्नेमा जोड दिइन् । 

जिल्ला अध्यक्ष विष्णु बेलबासेले माओवादी आन्दोलनमा महिलाको योगदानलाई स्मरण गर्दै भने, ‘महिलाहरूको सहभागिता बिना कुनै पनि क्रान्ति सम्भव छैन । यो सम्मेलनले समाजमा महिलाको सशक्त भूमिका सुनिश्चित गर्नेछ ।’

कार्यक्रममा शबनम खातुनले महिलाहरूको सशक्तीकरणका लागि नयाँ योजनाहरू प्रस्तुत गर्दै भनिन्, यो समिति महिलाहरूको नेतृत्वमा समाज सुधारका क्रान्तिकारी कदम चाल्न प्रतिबद्ध छ ।’

जावेद आलम खाँले भने, ‘महिलाको सहभागिताबिना कुनै पनि समाजको विकास सम्भव छैन । यो सम्मेलन महिलाहरूलाई सशक्त बनाउन ठूलो प्रयास हो ।’

ADV

सम्बन्धित खबर

Advertise