काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आज भेट गरेका छन् । अध्यक्ष दाहाल बालुवाटार पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटमा दाहालले मृगौला प्रत्यारोपण सफल भएकोमा बधाइ दिदै स्वास्थ्य लाभको कामना गरेका छन् । भेटमा समसायिक राजनीतिक परिस्थितीवारे पनि छलफल भएको बताइएको छ ।
फागुन २१ गते मृगौला प्रत्यारोपण गरेका ओली शुक्रबारमात्रै अस्पतालवाट डिस्चार्ज भएका थिए । उनी बालुवाटारमा चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies