२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

पोखरामा अन्जान साँझ सम्पन्न

ADV
मध्यान्ह
२०८१ पुष ११ गते ११:४२
पोखरामा अन्जान साँझ सम्पन्न

पोखरा : अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान 'गजल एकल साँझ' सम्पन्न भएको छ । सोही समारोहमा गणेश बाबू अधिकारीको उपन्यास 'रेजा'को विमोचन र परिचर्चा कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र केसी देवु, प्रमुख अतिथि पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त, विशेष अतिथि पूर्वप्राज्ञ कवि, गीतकार तथा वरिष्ठ गायिका हरिदेवी कोइराला, विशिष्ट अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्‌का बिखर्ची रहेका थिए ।

कार्यक्रममा पोखरास्थित सम्पूर्ण वाङ्गयीक संस्थाका प्रमुख, कवि, साहित्यकार तथा साहित्य संगीतका साधक तथा अनुरागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रथम चरणको संचालन अनेसास गण्डकी च्याप्टरका महासचिव असफल गौतमले गरेका थिए । आयोजक संस्थाका तर्फबाट उपाध्यक्ष दुर्गा न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा मन्तव्य राख्दै सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा गीतकार कवि गायक पद्मराज ढकालले कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

दोस्रो चरणको कार्यक्रम कवि गजलकार बाबू त्रिपाठीले शुरु गरेका थिए । सो अवसरमा प्रमुख अतिथि सरुभक्त र सभाध्यक्ष केसीले 'रेजा' उपन्यासको विमोचन गरेक थिए । उपन्यासका सर्जक गणेश बाबू अधिकारी र उपन्यासका परिचर्चाकार असफल गौतमले 'रेजा' उपन्यासका बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए ।

त्यसपश्चात कार्यक्रमको प्रमुख आकर्षण अनेसास पोर्चुगल च्याप्टरका महासचिव तथा कवि, गलजकार, लेखक एन बी अन्जानको गजल वाचन कार्यक्रम भएको थियो । उनका गजल गायक शुलभ घिमिरेले गाउँदा सभाहलमा सांगीतिक माहोल छाएको थियो ।

गजल वाचन तथा गायन पश्चात अनेसास केन्द्रीय सल्लाहकार सुमल कुमार गुरुङ, पूर्वप्राज्ञ हरिदेवी कोइराला तथा प्रमुख अतिथि पूर्वकुलपति सरुभक्तले कार्यक्रम सफल भएकोमा मुक्तकण्ठले प्रशंसा गर्दै आयोजक संस्था, कार्यक्रम संयोजक प्रज्ज्वल अधिकारी, सहजकर्ता बाबू त्रिपाठी, गजलकार एन बी अन्जान, उपन्यासकार गणेश बाबू अधिकारी तथा गायक सुलभ घिमिरेलाई बधाई ज्ञापन गरेका थिए ।

सो अवसरमा हरिदेवी कोइरालाले गीतसमेत प्रस्तुत गरिन् । कार्यक्रममा प्रमुख अतिथिलाई अनेसास गण्डकी प्रदेश समितिको तर्फबाट पुस्तक उपहार प्रदान गरिएको थियो भने पाँचै जना साहित्य संगीतका श्रष्टाहरुलाई आयोजक संस्थाले प्रशंसापत्र तथा पुस्तक उपहार प्रदान गरेको थियो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष देवेन्द्र केसी देवुले कार्यक्रम सफल पार्न आ-आफ्ना क्षेत्रबाट महत्वपूर्ण भूमिका निभाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise