२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

ADV
मध्यान्ह
२०८१ असार ९ गते ११:३६
अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं : अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ । टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । यो टी-२० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भए । 

अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिए । त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्बाधिक ६० रन बनाएका थिए भने इब्राहिम जद्रानले ५१ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै अस्ट्रेलियाका लागि कप्तान पाट कमिंसले ह्याट्रिक लिएका थिए । उनको यस विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक हो । त्यस्तै एडम जाम्पाले २ विकेट लिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise