अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा आइपीएम कृषक पाठशाला सुरु भएको छ । सन्धिखर्क १ र २ को बृती तथा सुक्मी फाँटमा सञ्चालन भएको कृषक पाठशालाको लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले समुद्धाटन गरेका छन् ।
सन्धिखर्क स्मार्ट आइपीएम कृषक पाठशालाको आयोजना तथा बाली संरक्षण प्रयोगशाला खजुरा बाँके र कृषि ज्ञान केन्द्र अर्घाखाँचीको प्राविधिक सहयोगमा सुरु भएको पाठशालाले कृषकहरुलाई व्यवसायिक बन्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
कृषकहरुलाई राम्रोसँग सिकेर व्यवसायिक उत्पादनमा लाग्न आग्रह गर्दै मन्त्री पन्थीले व्यवसाियक कृषकहरुलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले उत्पादन बिना आर्थिक समृद्धि सम्भव नभएकाले उत्पादनमा जोडिन र कृषिमार्फत आर्थिक स्वरोजगार बनी आयआर्जन गर्न सबै कृषकलाई आग्रह गरे ।
अनुगनका क्रममा कृषि अनुदानदेखि दुधको बजारीकरणमा प्रदेश सरकारले किसानलाई सहयोग गर्ने लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताए । पन्थीले कृषि व्यवसायलाई आधुनिकीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे, बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेका सकिल अहमद लगायतले मन्तव्य राखेका थिए ।