२०८१ चैत २४ गते आइतवार / Apr 06 , 2025 , Sunday
२०८१ चैत २४ गते आइतवार
Ads

कविता : लौरो

draupadi film
२०८१ पुष १३ गते ०६:१५
कविता : लौरो

–सुप्रिया अधिकारी

‘ए बा ! ए आमा ! पख्नुस् न !’
भन्दै अघिपछि हिँड्थें हिजोसम्म
तर आज 
मेरो घर सुनसान भएको छ ।

‘रातभर रातैको शासन’
भन्दै बिहानै पछ्याउँथें हिजोसम्म
तर आज
मेरो घर सुनसान भएको छ ।

‘सुनौलो बिहानी र साथ’
भन्दै मख्ख हुन्थें हिजोसम्म
तर आज
मेरो घर सुनसान भएको छ ।

‘एक्लै नछोड्नु न एक्लै हुन्छु’
भन्दै चौबाटोमै पुग्थें हिजोसम्म
तर आज
मेरो घर सुनसान भएको छ ।

‘चकचके बादलले जून छेक्छ’
भन्दै साँझमा दायाँ–बायाँ पुग्थें हिजोसम्म
तर आज
मेरो घर सुनसान भएको छ ।

‘अगाडि छंगाछुरको भिर छ’
भन्दै बाटो देखाउँथें हिजोसम्म
तर आज
मेरो घर सुनसान भएको छ ।

ए बा !
ए आमा !
चिसो सिरेटोले हान्यो
कसिंगरले आँखा भरियो
लौ न फर्की आउनुहोस्
आज
मेरो घर सुनसान भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise