२०८१ पुष १३ गते शनिवार / Dec 28 , 2024 , Saturday
२०८१ पुष १३ गते शनिवार
Ads

दक्षिण कोरिया संकट : कार्यबाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग

ADV
२०८१ पुष १३ गते ०६:३५
दक्षिण कोरिया संकट : कार्यबाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग

एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्ध महाअभियोग प्रस्ताव पारित गरेको २ सातापछि कार्यबाहक राष्ट्रपति हान डक सुविरुद्ध पनि महाअभियोग प्रस्ताव पारित भएको छ ।

त्यहाँको विपक्षी दलले विहीबार दर्ता गरेको महाअभियोग प्रस्ताव शुक्रबार भएको मतदानबाट पारित भएको हो । महाभियोग प्रस्तावमा कुल १९२ सांसदले मतदान गरेका थिए ।

अब उपप्रधानमन्त्री र अर्थमन्त्री छोई साङ मोकले कार्यबाहक राष्ट्रपतिको भूमिका सम्हाल्ने छन् ।

राष्ट्रपति येओलले छोटो समयका लागि घोषणा गरेको सैनिक शासन (मार्शल ल)का कारण उनीविरुद्ध संसद्ले महाअभियोग लगाई उनलाई राष्ट्रपतिबाट हटाएको थियो ।

विपक्षी दलहरूले कार्यबाहक राष्ट्रपति सुले राष्ट्रपति येओलविरुद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै उनीविरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

महाभियोगको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि सुको कार्यबाहक राष्ट्रपतिको पद पनि निलम्बनमा पर्ने छ । 

दक्षिण कोरियामा कार्यबाहक राष्ट्रपतिका रूपमा काम गर्दा महाभियोगको सामना गर्नुपरेको यो पहिलो पटक हो । कार्यबाहक राष्ट्रपति सुविरुद्धको महाभियोगलाई संवैधानिक अदालतबाट पुष्टि गरिनुपर्छ । यसका लागि १८० दिनको समय लाग्न सक्छ । अदालतले यस महाभियोगलाई कायम राख्ने वा खारेज गर्ने निर्णय गर्न सक्छ ।

यसअघि निलम्बित राष्ट्रपति येओलकै विषय संवैधानिक अदालतमा अघि बढेको छैन ।

नेपालीहरूको श्रम गन्तव्यका रूपमा रहेको दक्षिण कोरियामा आएको पछिल्लो राजनीतिक संकटले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई कस्तो प्रभाव पार्ला भन्ने चिन्ता भएको वैदेशिक रोजगारका जानकारहरू बताउँछन् । दक्षिण कोरिया केही समययता नेपाली कामदारको आकर्षक श्रम गन्तव्यमा पर्ने गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise