२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल प्रज्ञा-प्रतिष्ठान नेपाली जनताको संघर्ष र वलिदानको पृष्ठभूमिमा उभिएको छ : पर्यटनमन्त्री तामाङ

ADV
मध्यान्ह
२०८१ असार ९ गते १४:११
नेपाल प्रज्ञा-प्रतिष्ठान नेपाली जनताको संघर्ष र वलिदानको पृष्ठभूमिमा उभिएको छ : पर्यटनमन्त्री तामाङ

काठमाडौँ  : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले  नेपाल प्रज्ञा–प्रतिष्ठान नेपाली जनताको महान संघर्ष र वलिदानको  पृष्ठभूमिमा  उभिएको बताएका छन् । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री तामाङले उक्त कुरा बताएका हुन् । 

उनले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धि अध्ययन, अन्वेषण गर्ने साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने नेपालको सर्वोच्च निकाय भएको धारणा राखे । साहित्यकार, अन्वेषकलगायत वांगमय क्षेत्रका प्रतिभाहरूको सम्मान गर्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्ने देशको सर्वोच्च प्राज्ञिक संस्था भएको बताए । 

नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र, दर्शनको संरक्षण र विकासमा सरकार सचेत र प्रतिबद्ध रहेको भन्दै उनले अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित भएको बताए । नेपाल प्रज्ञा  प्रतिष्ठान मार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग गर्न र बजेटको व्यवस्था गर्ने प्रयास गरिरहेको उनले जानकारी गराए ।  

प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्बर्द्धनमा जोड दिने, बालसाहित्यको विकास गर्ने, सातवटै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक, साहित्यिक विषयको खोज अन्वेषण गरी दिग्दर्शनहरू प्रकाशित गर्ने, नेपालको परिवर्तनको सौन्दर्य, श्रमजीवी वर्गको सौन्दर्य र सिर्जनामा जोड दिने काम गरिरहेकाले त्यसमा सरकारको तर्फबाट  भरपूर सहयोग रहने उनले बिश्वास दिलाए । 

प्रज्ञा प्रतिष्ठानले परम्परागत ज्ञान,चिन्तन, सिर्जनाका साथसाथै परिवर्तित सन्दर्भमा जनयुद्ध, जनआन्दोलनलगायत नेपाली जनताको लामो त्याग र  संघर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्न दायित्व यसले वहन गर्नुपर्ने बताए ।  

नेपाल प्रज्ञा–प्रतिष्ठान वि.सं. २०१४ मा नेपाली साहित्य-कला एकेडेमीका नाममा स्थापना भएको थियो भने नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान भएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानले ६७ औँ वार्षिक उत्सवका अवसरमा २०२२ सालदेखि शुरू भएको राष्ट्रिय कविता महोत्सव गरेको थियो । विभिन्न मातृभाषाका करिब ४ दर्जन कवितासहित ६०० भन्दा बढी कविहरूले राष्ट्रिय कविता महोत्सवमा भाग लिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise