२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

'नेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बको प्रयाेग' माथि विमर्श

draupadi film
मध्यान्ह
२०८२ वैशाख २ गते ०९:३०
'नेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बको प्रयाेग' माथि विमर्श

काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान र गुञ्जन नारी साहित्यिक संस्थाकाे सहकार्यमा 'नेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बको प्रयाेग' विषयक कार्यपत्र तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रम प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, काेश र व्याकरण विभाग प्रमुख त्रैलाेक्यमान बनेपाली (अगिब)काे अध्यक्षतामा सम्पन्न भएकाे थियो । 

कार्यक्रममा कवि तथा समालाेचक प्रतिसरा सायमीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसुदन गिरीले बिम्बविधानका बारेमा आफ्नाे विचार राखेका थिए । 

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले गुञ्जन साहित्यकाे परिचय दिँदै स्वागत मन्तव्य  राखेका थिए । गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठले धन्यवाद मन्तव्य राखेकी थिइन् । 

कार्यक्रममा ईश्वरीमैयाँ श्रेष्ठ, रीता (रितु) महर्जन, सिल्बया जाेशी, रिता महर्जन, लक्ष्मी माली, शान्ता श्रेष्ठ, दिव्या श्रेष्ठ, विमला शाक्य, रजनी मिला र लसहिना शाक्यलगायत १०जना कविले कविता वाचन गरेका थिए । 

वाचित कविताबारे प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य सुलाेचना मानन्धरले समीक्षात्मक टिप्पणी गरिन् । कार्यक्रममा नेपालभाषा र नेपाली भाषाका समीक्षक, स्रष्टा र साहित्यिक अनुरागीहरूकाे बाक्लाे उपस्थिति थियाे ।

ADV

सम्बन्धित खबर

Advertise