काठमाडौं : वैदेशिक रोजगार बोर्डले मृतकको शव घरसम्म पुर्याउनेबाहेक सबै प्रशासनि कार्य स्थगन गरेको छ । बोर्डले आइतबार एक सूचना जारी गर्दै शव पुर्याउनेबाहेकका सबै प्रशासनिक कार्य बन्द गरिएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीका नाममा गरेको सम्बोधन र त्यसपछि नेपाल सरकारको अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयवाहेकका कार्यालय बन्द गर्ने निर्णय अनुसार कार्यालय बन्द गरिएको बोर्डले जनाएको छ ।
बोर्डले मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अंगभंग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग गर्दै आएको छ । त्यस्तै, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरू संचालन, बिदेशमा सुरक्षित गृह संचालनलगायतका काममा पनि बोर्डले सहायता गर्ने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies