२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी

ADV
मध्यान्ह
२०८१ पुष १५ गते १४:१६
ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी

काठमाडौं : ओमोडाको ब्रान्ड एम्बेसडरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । सोमबार एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेसडरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

साथै ऐरीलाई ओमोडा इ-फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सको कप्तानी सम्हालेका थिए ।

एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा इ-फाइभ प्रदान गरिएको थियो ।

शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रा.लि. (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो । उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले व्यहोर्ने जनाइएको छ ।

९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise