एजेन्सी : युरोपियन फुटबलको प्रशासकीय निकाय ‘युइएफए’ले फुटबलको जारी सिजन निष्कर्षमा नपुगी टुंगिन सक्ने जनाएको छ । ‘युइएफए’का अध्यक्ष अलेक्सान्डर जेफेरिनले आउँदो जुनको अन्त्यसम्ममा पुनः सुरु हुन नसकेमा यो सिजन त्यत्तिकै सकिने बताएका हुन् ।
उनले फुटबल लिगहरु बन्द रंगशालमा हुन सक्ने सम्भावना पनि रहेको बताएका छन् । मेको मध्य, जुनको सुरु वा जुनको अन्त्यसम्ममा लिग पुनः सुरु गर्ने विकल्प भने बाँकी नै रहेको उनको भनाइ छ । त्य
सो हुन नसकेमा यो सिजन यसै सकिने जोखिम हुने अध्यक्ष जेफेरिनको भनाइ छ । कोरोना भाइरसको संक्रमणका कारण युरोपका अधिकांश फुटबल गतिविधि रोकिएका छन् । यो वर्ष हुने तय भएको युरोकप पनि अर्को वर्षका लागि सारिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies