काठमाडौं : विश्वव्यापी महामारीको रुप लिइरहेकाे काेराना भाइरसका कारण विश्वकै सबैभन्दा ठूलाे फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) याे सिजनका लागि रद्द हुने भएकाे छ ।
यस सिजन प्रतियाेगिता आयाेजना गर्न नसक्ने औपचारिक जानकारीका लागि भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड बीसीसीआइले भारत सरकार र त्यहाँका खेलकुद मन्त्रालयका भिसा सुविधाबारेकाे आधिकारिक निर्णय कुरिरहेकाे छ । भारत सरकारले १५ अप्रिलसम्म सबै बिदेशी भिसा जारी नगर्ने निर्णय गरेकाे छ ।
केन्द्र सरकारको देशभर अप्रिल १५ सम्म देशब्यापी लकडाउन पनि गरेकाे छ । लकडाउनकाे अवधि सकिएलगत्तै सरकारी अधिकारीसँगकाे समन्वयपछि बीसीसीआइले आइपीएल यस वर्षका लागि रद्द भएकाे घोषणा गर्ने भारतीय अखवार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख गरिएकाे छ । समाचारमा जनाइएअनुसार अर्काे संस्करणमा बृहत अक्सन हुने छैन ।
यस वर्षकाे अक्सनलाइ मुख्य आधार मानिनेछ र टिमलाइ केहि थपघटको अधिकार प्रदान गरिनेछ । सन् २००७ मा सुरु भएकाे आइपीएल अहिलेसम्म नियमित आयाेजना भइरहेकाे थियाे । देशमा उत्पन्न असहज स्थितिलाई मध्यनजर गरी सनु २००९ र २०१४ मा क्रमस: दक्षिण अफ्रिका र दुबईमा आयोजना गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies