एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।
महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभाव सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्दै उनले संक्रमणले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी दिएका हुन् ।
महासचिव गुटरेसले महामारीले जीवन र जीविका माथि नै प्रहार गरेको उल्लेख गरे । महामारी अन्त्यका लागि तत्काल सहकार्यको खाँचो रहेको उनले बताए । महासचिव गुटरेसले औद्योगिक धनी राष्ट्रलाई कोरोना भाइरसविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव दिएका छन् ।
सार्वजनिक गरिएको प्रतिवदेनमा महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिने सम्भावना औंल्याइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies