काठमाडौं : साउदी सरकारले त्यहॉको मक्का र मदिना क्षेत्रमा अनिशिचितकालीन २४ घण्टे कर्फ्यू लगाएको छ । कोरोनाको संक्रमण बढ्दो देखिएपछि उक्त क्षेत्रमा अनिश्चित कालका लागि २४ घण्टे कर्फ्यू लगाइएको हो । साउदीस्थित नेपाली राजदुतावासले सो क्षेत्रमा रहने नेपालीहरुलाई कर्फ्यूको २४ घण्टे समयलाई पूर्ण पालना गर्न अनुरोध गरेकोछ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि वहानामा बाहिर ननिस्किनसम्त दूतावासले अनुरोध गरेको छ ।
यस्तै साउदीको रियाद क्षेत्रको कर्फ्यूको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको जानकारी गराउँदै दुतावासद्वारा यसको पूर्ण पालना गर्न र कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक संजालमा नराख्न पनि सबैमा अनुरोध गरिएको श्रम काउन्सेलर जीवन राईले जानकारी दिए ।
साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबार १ हजार ८८५ गुग्के छ । बिहीबार थप १६५ जनामा संक्रमण भएको छ भने मक्का, मदिना र जेद्दा क्षेत्रम बिहीबार १२४ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ३२८ जना निको भएका छन् । बिहीबार ५ जना संक्रमितहरुको मृत्यु भएसँगै साउदीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा संक्रमण छैन ।यद्यपि साउदी अरबमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले आउदा दिनहरुमा पनि संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउन सम्पूर्णमा नेपाली राजदूतावासले अनुरोध गरेकोछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies