एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले मास्क प्रयोगसम्बन्धी यसअघि दिइएको सुझावमाथि नयाँ अध्ययन शुरु गरेको छ । कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि मास्कले सङ्क्रमण फैलिने दर रोक्न सक्छ कि सक्दैन भनेर उसले अध्ययन गर्न लागेको हो ।
मास्कको प्रभावकारितका विषयमा डब्लुएचओका पूर्व निर्देशक डेभिड हेइम्यान नेतृत्वको टोलीले अध्ययन थालेको हो । अध्ययनले मास्कको प्रयोग बारेमा नयाँ निस्कर्ष निकाल्ने डब्लुएचओको भनाइ छ ।
यसअघि डब्लुएचओले भाइरसको सङ्क्रमणबाट बच्न व्यक्तिबीच एक मिटर दुरी कायम गर्न सुझाव दिँदै संक्रमण भएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाले मात्र मास्क लगाए हुने सुझाव दिएको थियो ।
एक अनुसन्धानले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने सुक्ष्म कण एक मिटरभन्दा धेरै टाढा पुग्ने निष्कर्ष निकालेपछि नयाँ अध्ययन थालेको हो । डब्लुएचओले भने जस्तो एक मिटर दुरी निकै कम हुने अध्ययनमा सग्लनको दावी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies