काठमाडौं : कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
होम क्वारेन्टाइन बस्दै आएपनि संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनी छोरा भेटेर चैत्र ४ गते बेल्जियम हुँदै कतारको दोहावाट नेपाल आएकी थिइन् । महिला विदेशवाट फर्केपछि छिमेकी र आफन्त भेटेकाले उनीहरुको पनि नमूना संकलन गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
सो विमानबाट बागलुङ आएका चारमध्ये दुईमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकी युवतीको पनि सोही अस्पतालको आइसोसेलन कक्षमा उपचार भइरहेको छ ।
सोही उडानबाट काठमाडौ आएका बागलुङ नगरपालिकाका र ढोरपाटनका अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ । यसअघि संक्रमित युवतिका परिवारको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies