शुभ नारायण कामती/मध्यान्ह
सिरहा : सिरहा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । लकडाउनका वेला भित्रीबाटो प्रयोग गरी लागुऔषधको कारोबार गर्ने दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।
अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन बन्देज भएपनि मोटरसाइकलमा लागुऔषध सहित तस्करी गर्दै गर्दा दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुईजना प्रहरी देखेपछि भाग्ने क्रममा सडक छेउमा अत्याधिक गतिका कारण मोटरसाइकल ठोक्किएपछि उनीहरु पक्राउ परेका हुन् ।
स.३ प. ३४५६ नम्बरको मोटरसाइकलमा सिरहा नगरपालिका–१२ सारस्वपमा बिहीबार प्रहरी चौकी बेलहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्न खोज्दा उनीहरु भागेका थिए । प्रहरी देखेर भाग्ने क्रममा सारस्वर–गुलरिया सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लागुऔषधसहित मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–८ का मोहमद हयब खानको छोरा ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका– ५ जिवा टोलका देवु पासवानको छोरा २९ वर्षीय उचित भनिने नागेन्द्र पासवानलाई प्रहरीले पक्राउ गरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता विनोद घिमिरेले बताए ।
मोटरसाइकलको सिटको बीच भागमा लुकाइएको झोलामा डाइलेक्स डिसी १०० एमएलको ४६ बोतल भेटिएको जिल्ला प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा समान्य घाइते खानलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ । उता पासमानलाई हात, टाउको र छातीमा चोट लागेपछि थप उपचारको लागि पासवानकी आमा जमुनिया देवी पासवानलाई जिम्मा लगाई विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies