योगी योगेन्द्र/मध्यान्ह
दोहा : साउदी अरबमा पनि पहिलो पटक एक जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शनिबार त्यहॉ थप १४० जनामा कोरोना संक्रमण देखिंदा एक नेपालीमा पनि संक्रमण देखाएको हो । राजधानी रियादमा मात्र शनिबार ६६ जनामा संक्रमण भएको उल्लेख छ । साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार १७९ जना छ ।
साउदीमा कूल संक्रमितहरु मध्ये हालसम्म ४ शय २० जना निको भएका छन् । शनिबार ४ जना संक्रमितहरुको मृत्यु भएसँगै त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । एकजना नेपाली नागरिकमा संक्रमण देखिएकोबारे रिसादस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी भएको भन्दै सरकारी श्रोतबाट कुनै पुष्ट्याँइसहितको जानकारी आइनसक्को जनाएको छ । संक्रमित भनिएका नेपालीसंग दू टेलिफ़ोन सम्पर्क रहेको पनि दूतावासले जनाएको छ ।
यस्तै शनिवारबाट लागू भएको जेद्दाका विभिन्न क्षेत्र (किलो १४ सोउथ्, किलो १४ णोर्थ्, अल्-मह्जर्, घुलैल्, अल्-कुरय्यत्, किलो १३ अन्द पेत्रोमिन्) मा २४ घण्टे कर्फ्यू जारी गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, सो क्षेत्रमा रहने नेपालीहरुले कर्फ्यूको समयलाई पूर्ण पालना गर्न र साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किन दूतावासले अनुरोध गरेको छ ।
साउदी सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकरुको अकामा तीन महिनाका लागि स्वतः नवीकरण हुने त्यहाँको राहदानी निर्देशकको कार्यालयले जनाएको छ ।
अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुने जनाइएको छ । यो व्यवस्थाले साउदी भित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।
साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउन सम्पूर्णमा दूतावासले अनुरोध गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies