२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप फागुनमा हुने

ADV
मध्यान्ह
२०८१ पुष १९ गते १६:५७
ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप फागुनमा हुने

काठमाडौं : सर्वाधिक पुरस्कार राशीको दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप फागुनमा हुने भएको छ ।

ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसीप हुन लागेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले अहिलेसम्मकै ठूलो पुरस्कार राशी रहेको यो च्याम्पियनसीप फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिएको छ ।

च्याम्पियनसीपमा विभिन्न ६ विधा समावेश गरिएको छ । ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

प्रतियोगिताको छनोट चरणका खेलहरू अनलाईनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रूपमा काठमाडौंको दशरथ रंगशालमा हुने छ । 

अन्तिम चरणमा ई फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४–४ खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन् ।

च्याम्पियनसीपको कूल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको छ । जसबाट ६ विधाका विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

यसअघि इशानले गत पुसमा सुर्खेतमा आयोजना गरेको पहिलो राष्ट्रिय च्याम्पियनसीपको पुरस्कार राशी १२ लाख रहेको थियो । च्याम्पियनसीपमा सहभागी हुन चाहने खेलाडीहरूले शनिवारदेखि खल्ती एपबाट नाम दर्ता गराउने सक्नेछन् । नाम दर्ता निःशूल्क रहेको छ ।

दोस्रो ई–स्पोट्र्स च्याम्पियनसीपका लागि इशानले चलचित्रकर्मी तथा ई–गेमिङका प्रवद्र्धक समेत रहेका निश्चल बस्नेतलाई नियुक्त गरेको छ । 

निश्चल फिल्म क्षेत्रको चर्चित व्यक्तित्व सँगै ई–स्पोट्र्सका खेलाडी समेत हुन् । 
 

ADVADV

सम्बन्धित खबर

Advertise