इटहरी : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही पुस १९ र २० गते इटहरीको होटल बरण्डामा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थित थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक कविराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम थिए । तालिम प्रशिक्षकहरूमा बजार विभागका नायब महाप्रबन्धक कविराज पौडेल, दाबी विभागका प्रमुख सुभाष दीक्षित, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ विभागका प्रमुख दिवस तिमल्सिन र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा थिए ।
प्रशिक्षकहरूले बीमा क्षेत्रका साथै अन्य समसामायिक विषयहरूमा जानकारी दिएका थिए भने नेपाल बीमा प्राधिकरणका विनोदकुमार पोख्रेलले बीमा तथा परिपालनसम्बन्धी आफ्नो धारणा राखेका थिए ।
इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए, जसले सबै सहभागीहरूलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्यो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।