२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

लक्ष्मी सनराइजको अगुवाइमा अपर मर्स्याङ्दी हाइड्रोपावर बन्ने

ADV
मध्यान्ह
२०८१ पुष २१ गते २१:०८
लक्ष्मी सनराइजको अगुवाइमा अपर मर्स्याङ्दी हाइड्रोपावर बन्ने

काठमाडौं : लक्ष्मी सनराइज बैंकको अगुवाइमा अपर मर्स्याङ्दी हाइड्रोपावर निर्माणको लागि लगानी हुने भएको छ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच सो कम्पनीले लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सो आयोजनाको कुल लागत २१ अर्ब ४० करोड रूपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले पुस १० मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिनुका साथै पुस ९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । 

सो कम्पनीको प्रवद्र्धकको रुपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सह–वित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको लगानी रहने छ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ७ अर्ब रहेको छ भने सह–वित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा ग्लोबल आइएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको जनाइएको छ । सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise